२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

विराटनगरमा स्टाफ नर्सको हत्या

विराटनगरमा स्टाफ नर्सको हत्या

विराटनगर । विराटनगरमा एकजना स्टाफ नर्सको हत्या गरेको अवस्थामा शव फेला परेको छ । विराटनगर महानगरपालिका–४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

दास विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पताल नजिक विराटनगर–४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन्।

डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि शौचालयमा फालेको अवस्थामा शव भेटिएको हो। दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ । हत्यामा संलग्नको पहिचान खुल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij