२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

विश्व कप छनोटका लागि नेपाली फुटबल टोली घोषणा

विश्व कप छनोटका लागि नेपाली फुटबल टोली घोषणा

काठमाडौं । विश्वकप छनोट फुटबलमा बहराइनविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । अभिषेक लिम्बु, अजय चौधरी, सौभाग्य राई, रोहन कार्की, समिर तामाङ र विशाल बस्नेतले नयाँ अनुहारका रुपमा टोलीमा स्थान बनाउदा भरत खवासले पुनरागमन गरेका छन् ।

फिफा विश्वकप र एएफसी एसियन संयुक्त छनोट अन्तर्गत बहराइन विरुद्धको दुई खेलअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल पनि खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ ।

नेपालले यही मार्च १५ मा मलेसियासँग उसैको मैदानमा खेल्ने तालिका छ । नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्नेछ । विश्वकप छनोट अन्तर्गत नेपालले मार्च २१ र मार्च २६ मा बहराइनसँग उसकै घरेलु मैदानमा दुई खेल खेल्ने छ। बहराइनसँग घरेलु मैदानमा खेल्ने तालिका भए पनि दशरथ रंगशालमा खेलाउन लायक नभएपछि नेपालले बहराइन कै मैदानमा खेल्न लागेको हो ।

विश्वकप छनोट खेल्ने नेपाली टोलीमा गोलकिपर:  किरण चेम्जोङ, विशाल सुनार , अभिषेक बराल छन् । त्यस्तै, डिफेन्डर : अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिस श्रेष्ठ, सौभाग्य राई, सुमित श्रेष्ठ, मिडफिल्डरः भरत खवास, विशाल बस्नेत, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई तथा फरवार्डमा अञ्जन विष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जिव विष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij