२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

झापाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अख्तियारद्वारा १८७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

झापाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अख्तियारद्वारा १८७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चन्द्रगढी, झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुक सहित १८७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले आइतबार १८७ जना विरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले नापी कार्यालय चन्द्रगढीका ९ जना कर्मचारी, सरकारी सार्वजनिक जग्गा गैरकानुनी तरिकाले स्वबासी जग्गादर्ता प्रक्रियाबाट आफ्नो नाममा दर्ता कायम गरेका सुरु जग्गा दर्तावाला ६५ जना र बिगो असुलउपर तथा जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएका ११३ जना गरी १८७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

झापाको दमक नगरपालिका– १३ र १४ कायम रहेको बालुवाटारको (रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फ) का जग्गाहरू किनं ७६०.१, ७६१, ७६२, ७७३, ७८३, ७८४, ७८६, ७८७, ७८८ र साविक दमक ६ ग र दमक ५ खबीचको मार्जिनका जग्गाहरू स्वबासी प्रक्रियाबाट व्यक्तिको नाममा लगेको घटनामा अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको हो । २०२१ सालको सुरु नापीमा सरकारी सार्वजनिक भएको फिल्डबुक र जग्गाधनी दर्ता श्रेस्ताबाट देखिएका ती जग्गा नापी कार्यालय, चन्द्रगढीबाट पुनः नापीका क्रममा विभिन्न व्यक्तिहरूको नाममा स्वबासी प्रक्रियाबाट जग्गा दर्ता गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij