२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

कांग्रेस महासमिति बैठकमा पेस भएका पाँच वटा प्रतिवेदनमाथि आजदेखि छलफल हुने

कांग्रेस महासमिति बैठकमा पेस भएका पाँच वटा प्रतिवेदनमाथि आजदेखि छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा मंगलबार प्रस्तुत भएका पाँच वटा प्रतिवेदनमाथि आजदेखि छलफल हुँदैछ । मंगलबारको बैठकमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गर्नुभएको थियो ।

त्यसैगरी महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए ।

महासमिति बैठकमा पेस गरिएका पाँच वटा प्रतिवेदनमा आजदेखि लफल हुनेछ । बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij