२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

नेपाली नागरिकले अब भारतीय सिमकार्ड पाउने

नेपाली नागरिकले अब भारतीय सिमकार्ड पाउने

काठमाडौं । नेपाली नागरिकले अब भारतमा पनि भारतीय सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र लगायतका कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाउने जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ। पहिले प्राविधिक कारणले पाइदैन थियो । राजदूतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय हुनु खुसीको कुरा हो !’ यसअघि भारत पुगेका नेपालीहरुले भारतीय नागरिककै सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij