२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

क्यानडालाई नेपालले दियो २१७ रनको लक्ष्य

क्यानडालाई नेपालले दियो २१७ रनको लक्ष्य

काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टिम र क्यानडा–११ बीचको खेलमा नेपालले क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ । आइतबार मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २१६ रन बनाएको हो । नेपालका लागि बसिर अहमदले ५० रनको योगदान दिए।

उनले ५५ रनको सामना गर्दै अर्धसतक पूरा गरेका थिए। त्यस्तै रसिद खानले ४०, मयान यादवले ३५ रनको बनाए । यसैगरी किरण ठगुन्नाले २५ रन बनाउँदा विवेक यादवले २१ र सन्दीप जोराले १४ रनको योगदान दिए।

क्याप्टेन विनोद भण्डारी भने ११ बल खेलेर ५ रन बनाउँदै आउट भए । यो सिरिजको दोस्रो खेल मंगलबार र तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij