२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

रवि लामिछाने भगौडा हुन् : सहमहामन्त्री राठौर

रवि लामिछाने भगौडा हुन् : सहमहामन्त्री राठौर

बुटवल । नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कुनै दिन नागरिकता त्यागेर देश छोडेर भागेका भगौडाको संज्ञा दिदैं भगौडाहरुले देश बनाउँछन् भन्ने भ्रम मात्रै भएको दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन दाङले मंगलबार तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लाएका हुन् ।

लामिछानेले निराशाको खेती गरेर ठुला दलहरुप्रति वितृष्णा थपेको टिप्पणी गर्दे नेता राठोरले निराशावादी कुरा मात्रै गरि बस्नु भन्दा सकारात्मक कुरा गर्न तथा केही काम गर्न आग्रह गरेका थिए ।

कांग्रेस पार्टी भित्र राम्रो गर्नेलाई पुरस्कृत र गल्ती गर्नेलाई दण्डित गर्ने परिपाटीको बिकास नहुँदा समस्या भएको उनले बताए । इमानदार भइ हरेक काँग्रेसका सदस्य वडा तहबाट संगठन मजबुत बनाउने अभियानमा लागे भविश्यमा काँग्रेसलाई कसैले हराउन नसक्ने नेता राठोरको तर्क थियो ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले सुविधा सम्पन्न गाउँ बनाउने अभियानमा काँग्रेस लाग्नु पर्ने बताए ।

२०४६ पछि काँग्रेसले लिएको खुल्ला अर्थनीतिकै कारण मुलुकमा बिगत भन्दा धेरै नै परिवर्तनहरु भएको पनि उनले बताए ।

लामो इतिहास बोकेको र तीन वटा आन्दोलनको नेतृत्व गरेको काँग्रेस पार्टीले गर्न नसकेको काम अहिलेका च्याउ जस्तै मुर्मिएका पार्टीले गर्न नसक्ने उनले बताए ।

नेपालमा चलेको दश वर्षे लामो द्वन्द्व लगाएतका कारणले काँग्रेसले लिन चाहेको विकासको गति अवरुद्ध भएको र त्यसले गर्दा देश अहिलेको स्थितिमा आइपुगेको भएपनि फेरि त्यसलाई सुधार्ने दायित्व पनि काँग्रेसकै भएको सहमहामन्त्री राठोरले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij