२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

लुम्बिनीबाट माओवादी र कांग्रेसका उम्मेदवार विजयी

लुम्बिनीबाट माओवादी र कांग्रेसका उम्मेदवार विजयी

लुम्बिनी । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनीका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको मतदानमा महिलातर्फ नेपाली कांग्रेसकी उम्मेदवार विष्णुकुमारी सापकोटा दुई हजार ७५६ मतभारसहित निर्वाचित भएकी छन् । उनले नेकपा (एमाले)की तुलसाकुमारी केसीलाई पराजित गरिन् । केसीले एक हजार ५३७ मतभार प्राप्त गरिन् ।

अन्य कोटामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार झक्कु सुवेदी निर्वाचित भए। सुवेदी दुई हजार ७५६ मतभारसहित विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका झपेन्द्रबहादुर घर्ती क्षेत्रीले एक हजार ६४३ मतभार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij