काठमाडौं । सहकारी ठगी प्रकरणमा नाम जोडिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्ने भएका छन् । सोमबार सामाजिक संजालमार्फत सभापति लामिछानेले आज साँझ पात्रकार सम्मेलन गर्ने जानकारी दिएका छन् ।
ग्यालेक्सी टेलिभिजन सञ्चालनका क्रममा भएको सहकारी ठगीमा आफ्नो नाम पनि जोडेर निरन्तर समाचार आएको र ग्यालेक्सी छाड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा भएको समाचार कान्तिपुरले छापेपछि उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
उनले भनेका छन्, ‘गाली गर्न कोही छुट्नु भो कि? छुट्नु भएको भए गरिहालौं है । मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु। मिडियामा निरन्तर आइरहेका “स्लिप“ मा कोही “स्लिप“ हुनै पर्दैन। बाँकी भ्याएसम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु।’
© 2026 All right reserved to samajpress.com | Site By : Sobij