२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

समितिमा रहेका विधेयक छिटो टुंग्याउन संसदीय समितिका सभापतिहरुलाई सभामुखको निर्देशन

समितिमा रहेका विधेयक छिटो टुंग्याउन संसदीय समितिका सभापतिहरुलाई सभामुखको निर्देशन

पर्सा । वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एमबीबीएसमा अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थितजिल्ला आयुर्वेद अस्पताल नजिकैको सडक खण्डमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एमबीबीएसमा अध्ययनरत दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको हो ।

वीरगंजको भिष्वाबाट भेडियाहीतर्फ जाँदै गरेको मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल तीव्र गतिमा रहेको र अनियन्त्रित भई दुर्घटना भएको स्थानीय बासिन्दाले बताएका छन् ।

दुर्घटनामा वीरगंजस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत धनुषाका सुमित यादव र बारा सुवर्णपुरका संजित यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij