काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले केन्द्रीय समितिको निर्णयविपरीत राष्ट्रियसभाको टिकट वितरण गरिएकोमा असन्तुष्टी जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले पार्टीले मधेशको प्रतिनिधित्वमाथि खेलबाड गरेको आरोप लगाएका छन् ।
अघिल्लो राष्ट्रियसभा निर्वाचनमा पनि मधेशी समुदायले अवसर नपाएको स्मरण गराउँदै पोखरेलले अहिले पनि मधेशको प्रतिनिधित्व छुटाइएकोमा रोष व्यक्त गरेका छन् ।
उनले लेखेका छन् – नेपाली कांग्रेसले यस भन्दा अगाडि पनि राष्ट्रिय सभामा मधेश बिर्सियो,मन्त्री बनाउदा पनि मधेश विर्सियो,खुल्ला मधेशको कोटामा केन्द्रीय सदस्यमा मधेशी मुलकाले नै अरु समुदायलाई निर्विरोध बनाए।अहिले पनि मधेशी समुदाय बिर्सियो, अनि केन्द्रीय समितिको निर्णय कागजको खोस्टो हो मिडियालाई देखाउने ?
© 2026 All right reserved to samajpress.com | Site By : Sobij