२०८३ कार्तिक ३० आइतबार

Nov 15 2026 Sunday

२०८३ कार्तिक ३० आइतबार

चीनमा एपीईसी सीईओ सम्मेलन हुँदै, १२ ठूला अर्थतन्त्रका शीर्ष नेताहरू सहभागी हुने

चीनमा एपीईसी सीईओ सम्मेलन हुँदै, १२ ठूला अर्थतन्त्रका शीर्ष नेताहरू सहभागी हुने

बेइजिङ ।  एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) का १२ सदस्य अर्थतन्त्रका शीर्ष नेताहरू एपीईसी सीईओ सम्मेलन २०२६ मा सहभागी हुने भएका छन् ।

चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा नोभेम्बर १७ देखि १८ सम्म आयोजना हुने सम्मेलनमा १२ अर्थतन्त्रका नेताहरू सहभागी हुने चीन काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) ले आइतबार जानकारी दिएको हो ।

सीसीपीआईटीकी उपाध्यक्ष ली छिङशुआङले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङसहित अष्ट्रेलिया, क्यानडा, चिली, चीनको हङकङ, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, रुस, थाइल्यान्ड र भियतनामका नेताहरू सम्मेलनमा सहभागी हुनेछन् ।

सम्मेलनका क्रममा सहभागी नेताहरूले सम्बोधन गर्ने, मन्तव्य राख्ने तथा विभिन्न विषयगत छलफलमा भाग लिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij