२०८३ कार्तिक २९ शनिबार

Nov 14 2026 Saturday

२०८३ कार्तिक २९ शनिबार

टस जितेर लुम्बिनीले विराटनगरविरूद्व पहिले बलिङ गर्ने

टस जितेर लुम्बिनीले विराटनगरविरूद्व पहिले बलिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ । त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहित  पौडेलले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् । लुम्बिनी लायन्स एक खेल अगावै प्लेअफ प्रवेश गरिसकेको छ ।

विराटनगरलाई भने यो खेल जितेमा काठमाडौं गोर्खाज र चितवन राइनोजको खेल कुर्नुपर्ने हुन्छ। लुम्बिनी लायन्सले ६ खेलमा ४ जित १ हार र १ खेलमा अंक बाँड्दै ९ अंक लिएर हाल तालिकाको दोस्रो स्थानमा रहेको छ। विराटनगर किंग्सले समान ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक लिएर पाँचौं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij