२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

२०८३ कार्तिक १९ बुधबार

मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय

मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले एआइजी मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी ) बनाउने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले दानबहादुर कार्कीलाई हटाएर केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

कार्कीलाई प्रधानमन्त्री बालेन साहको सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनले पार्टीको निर्देशनपछि महानिरीक्षक कार्कीको जिम्मेवारी फेरबदल गरिएको बताए ।

। पछिल्लो समय नेपाल प्रहरीमा कार्की र केसीबीच टकराव चलिरहेको थियो। कार्कीलाई गत वर्ष कात्तिक २४ मा सुशीला कार्की नेतृत्वको सरकारले आइजीपीमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij