२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

२०८३ कार्तिक १८ मंगलबार

एनपीएलमा आज दुई खेल हुँदै

एनपीएलमा आज दुई खेल हुँदै

default

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो खेल साँझ ५ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि विराटनगरले एउटा मात्रै खेल जितेको छ भने  चौथो खेलमा विराटनगर दोस्रो जितका लागि मैदानमा उत्रिदैछ । जनकपुर बोल्ट्सले पनि तीन खेलमा एउटामा हार र दुई खेलमा जित निकालेको छ ।

त्यस्तै आजै साँझ ५ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । अपराजित लुम्बिनी लायन्सले दुई खेलमा एक खेलमा जित निकालेको छ भने अर्को खेलमा वर्षाका कारण अङ्क बाँडेको छ । त्यस्तै पोखरा एभेन्जर्सले दुई खेल खेलिसक्दा पनि जित निकाल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij