सामना देवकोटा, अस्टिन, टेक्सास।
अमेरिकाको मिसौरी राज्यस्थित Webster University मा अध्ययनरत नेपाली विद्यार्थी सुशान्त पन्त गत जुलाई २६, २०२६ देखि सम्पर्कविहीन भएपछि उनको खोजीमा सहयोग गर्न परिवारले सबै नेपाली समुदायसँग अपिल गरेका छन्।
सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला, गोदावरी नगरपालिका–४ (अत्तरिया) स्थायी घर भएका पन्त सन् २०२४ को Spring Semester देखि Webster University मा उच्च शिक्षा अध्ययनरत रहेको परिवारले जनाएको छ। उनको जन्ममिति वि.सं. २०५५ साल चैत १८ गते रहेको छ। उनको अन्तिम बसोबास St. Louis, Missouri, USA रहेको जनाइएको छ।
जुलाई २६ यता उनीसँग कुनै सम्पर्क हुन नसकेपछि परिवार, आफन्त तथा साथीहरू गहिरो चिन्तामा रहेका छन्। परिवारले सामाजिक सञ्जालमार्फत सूचना सकेसम्म धेरै साझा गरी खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेका छन्।
सुशान्त पन्तको अवस्थाबारे कुनै पनि सूचना प्राप्त भए 9861495454 वा 9843150671 नम्बरमा खबर गरिदिन परिवारले अनुरोध गरेका छन्।
परिवारले सुशान्त पन्त सकुशल रूपमा परिवारको सम्पर्कमा फर्किने आशा व्यक्त गर्दै खोजी कार्यमा सबैको साथ, सहयोग र सद्भावको अपेक्षा गरेका छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij