२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

अमेरिकाको हार्वड विश्वविद्यालयमा नेपाल डिस्कोर्स हुने

अमेरिकाको हार्वड विश्वविद्यालयमा नेपाल डिस्कोर्स हुने

अमेरिका । विश्वकै शैक्षिक केन्द्रको रुपमा चिनिने अमेरिकाको बोस्टनस्थित हार्वड विश्वविद्यालयमा नेपालको सुदूर सुन्दर भविष्यलाई लिएर द नेपाल डिस्कोर्स हुने भएको छ ।

हार्वड तथा म्यासाच्युट्स इन्ष्टिच्युट अफ टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थीहरुको तत्वा धानमा अन्य युवा विद्यार्थी समेत सम्मिलित नेपाल डिस्कोर्स टिमले नेपालको नीतिका सन्दर्भमा अन्तर संवाद कार्यशाला मुलक डिस्कोर्स गर्न लागेको हो ।

अप्रिल २५ र २६ मा हुने डिस्कोर्समा नीति निर्माता, स्कलर, युवा नेतृत्व, डायस्पोराका रहेका विभिन्न तह तप्काका नेतृत्वको सहभागितामा नेपालको विकास र समृद्धिमा कसरी योगदान गर्न सकिन्छ भन्ने सन्दर्भमा गहनतम् छलफल हुने डिस्कोर्स टिमकी सदस्य युमी पराजुलीले जानकारी दिइन् । यो डिस्कोर्स विभिन्न विषयमा नेपाललाई अन्तराष्ट्रिय सोंच सँग जोड्ने अपेक्षा आयोजकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij