२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

प्रधानमन्त्रीले समानुपातिक सांसदमाथि विभेद गरेको भन्दै एमाले सांसदको आपत्ति

प्रधानमन्त्रीले समानुपातिक सांसदमाथि विभेद गरेको भन्दै एमाले सांसदको आपत्ति

काठमाडौं । नेकपा एमालेकी सांसद टुकाभद्र हमालले प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आएका सांसदबीच विभेद रहेको बताएकी छिन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद हमालले प्रधानमन्त्री बालेन साहले प्रत्यक्ष निर्वाचित सांसदहरूसँग मात्रै भेटेर विकास निर्माणको कुरा राख्ने अवसर दिएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

उनले भनिन्,’प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आएका सांसदहरूबीच किन विभेद ? प्रधानमन्त्रीज्यूबाट प्रत्यक्ष निर्वाचित सांसदहरूलाई भेटेर विकास निर्माणको कुरा राख्ने अवसर दिनुभएको सुन्नमा आएको छ। तर समानुपाति निर्वाचन प्रणालीबाट आएकाहरूलाई त्यो अवसरबाट किन वञ्चित गरियो ?’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij