२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

२०८३ कार्तिक २२ शनिबार

फेवातालको २० रोपनी जग्गाबारे यथार्थ जानकारी गराउन गृहमन्त्रीलाई हर्क साम्पाङको आग्रह

फेवातालको २० रोपनी जग्गाबारे यथार्थ जानकारी गराउन गृहमन्त्रीलाई हर्क साम्पाङको आग्रह

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुदन गुरुङलाई पोखराको २० रोपनी जग्गा प्रकरणबारे जवाफ दिन आग्रह गरेका छन् ।

सोमबार सामाजिक संजालमार्फत अध्यक्ष साम्पाङले गृहमन्त्रीलाई यसबारे प्रष्ट पार्न आग्रह गरेका हुन् । उनले गृहमन्त्रीसँग मागिएको जवाफ व्यक्तिगत नभएर जनताको भएको बताएका छन् । उनले जीबी राई पक्राउ गरेर रवि लामिछानेलाई न्याय दिनु पर्ने, भदौ २४ गतेको घटनाको पनि छानबिन हुनुपर्ने सरकारका दुई कार्यभारमा पोखराको जग्गा प्रकरण जोडिएकाले तत्काल जवाफ दिनु पर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘प्रिय सुदन गुरुङज्यू, तपाईँ देशको गृहमन्त्री बन्नु भएकोमा मैले बधाइ दिएको छैन । मलाई ‘हर्क दाइ’ भन्नु हुन्छ ! त्यो साइनोले ‘भाइ हो तपाईँ मेरो’ मलाई ‘हर्क जी’ भन्नु हुन्छ ! त्यो अर्थमा “साथी हो तपाइँ मेरो“ तर यो देशको विधि र संविधानलाई मान्दा तपाईँ ‘माननीय गृहमन्त्रीज्यू’ हुनुहुन्छ !With respect मैले त्यो भन्नैपर्छ ! एउटा प्रतिपक्ष दलको नेता भएको कारण तपाइँको टिकाटिप्प्णी गर्नै पर्छ मैले ! प्रश्न सोध्नै पर्छ मैले ! मेरा प्रश्नहरु व्यक्तिगत नभएर नितान्त पदीय जिम्मेवारीले भरिएका प्रश्न हुन् ! nothing personal, everything professional and legal  तपाईँले जेनजी आन्दोलनको २३ गतेको घटनाका दोषीहरुलाई पक्रनु भो । धन्यवाद सबैले दिएका छन् । गलत काम गर्नेहरुको लिस्ट बनाएर कारबाही गर्दै हुनुहुन्छ ! धन्यवाद छ ! like that and appreciate that. अझै अघि बढ्नुहोस् शुभकामना छ ! तर मैले सदनमा उठाएका दुइटा मुद्दा नबिर्सनु होला १. जेनजी आन्दोलनको २४ गतेको घटनाको दोषीलाई कारवाही २. जीबी राईलाई पक्रेर रवी दाइलाई न्याय दिने ! काम गर्ने मान्छेको खुट्टा तान्छन् ! अपजस पाइन्छ नै काम गर्ने क्रममा तर पोखराको फेवातालमा २० रोपनी जग्गा तपाईँको नाममा छ रे भन्ने खबरले सामाजिक संजाल तातिंदा नमज्जा लागेको छ । खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् ।’

उनले फेवाताल जग्गा प्रकरणले नैतिकताको सवाल खडा भएको उल्लेख गरेका छन् । ‘नैतिकताको सवाल खडा भयो । अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन् । तपाईँलाई मान्दैनन् । प्रहरीले पनि टेर्न छाड्छन् । मलाई आशा छ तपाईँले एउटा दाजुले दिएको सल्लाह सम्झेर भनेको मान्नु हुनेछ । एक दिन म तपाईँलाई हृदयदेखि नै बधाइ दिनेछु । त्यो दिन चाँडै आवोस् ! जय देश !’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij