२०८३ कार्तिक २९ शनिबार

Nov 14 2026 Saturday

२०८३ कार्तिक २९ शनिबार

महिला फुटबलमा सङ्कटाको जित

महिला फुटबलमा सङ्कटाको जित

काठमाडौँ । राजधानीमा बुधाबरदेखि सुरु भएको सहिद स्मारक एन्फा महिला लिग फुटबल प्रतियोगितामा सङ्कटा एफसीले न्युरोड टिम -एनआरटी) लाई पराजित गर्दै विजयी भएको छ ।

ललितपुरस्थित च्यासल रङ्गशालामा भएको खेलमा सङ्कटाले न्युरोड टिममाथि ४–० गोलको जित निकाल्दै विजयी भएको हो । सङ्कटाको जितमा विन थेइङ्गी टुन, लुसी होजे मोकाम्बी, सुक्रिया मिया र क्विनाबेल अमानक्रहले समान एक/एक गोल गरे ।

अखिल नेपाल फुटबल सङ्घ -एन्फ)को आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा विभिन्न नौ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij