काठमाडौं । राष्ट्रिय लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा सोमबार बेलुकी भएको खेलमा मच्छिन्द्रले मनाङ मर्स्याङ्दीलाई २–१ गोलले हरायो ।
मच्छिन्द्रका सोनिस श्रेष्ठ र जोनाथन जोरिल्लाले समान १ गोल र मनाङ मर्स्याङ्दीका विशेष लामाले १ गोल गरे ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको उक्त प्रतियोगितामा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि कुल १७ टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।
राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा जारी छन् । पुरस्कार राशी ५० लाख रुपैयाँ रहेको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij