२०८३ कार्तिक २८ शुक्रबार

Nov 13 2026 Friday

२०८३ कार्तिक २८ शुक्रबार

टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित

टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौं । आईसीसी वुमन्स टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

थाइल्यान्डका लागि नथ्थकन चान्थमले ५७ र नानानपत कोन्चारोकेले ३२ रन बनाइन् । अफिशारा सुवान्चोनरथीले २८ रन बनाइन् ।

नेपालका लागि सीता राना मगरले २ विकेट लिइन् ।

पहिले ब्याटिङ गरेको नेपाल १९.५ ओभरमा १२२ रनमा अलआउट भयो ।  नेपालका लागि विन्दु रावलले ४४  रनको योगदान गरिन् । उनले ५६ बलमा ६ चौका प्रहार गरिन् ।

सम्झना खड्काले २६ र पूजा महतो १२ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

थाइल्यान्डका लागि थिपाचा पुथावोङले २ विकेट लिए ।  टस जितेर थाइल्यान्डले पहिले बलिङ रोजेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij