२०८३ कार्तिक २८ शुक्रबार

Nov 13 2026 Friday

२०८३ कार्तिक २८ शुक्रबार

म्यानेचेष्टर युनाइटेडका प्रशिक्षक बर्खास्त

म्यानेचेष्टर युनाइटेडका प्रशिक्षक बर्खास्त

एजेन्सी । म्यानचेस्टर युनाइटेडले १४ महिनादेखि मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका रुबेन अमोरिमलाई बर्खास्त गरेको छ। आइतबार लिड्स युनाइटेडविरुद्धको खेलमा युनाइटेड १–१ गोलको बराबरीमा रोकिएको थियो। यो खेलनै रुबेनको अन्तिम खेलका रुपमा रह्यो। सिजनमा २० खेलपछि युनाइटेड प्रिमियर लिगको छैटौँ स्थानमा रहेको छ।

पूर्वमिडफिल्डर तथा हाल अन्डर–१८ टोलीका प्रशिक्षक डारेन फ्लेचरले अन्तरिम रूपमा टोलीको जिम्मेवारी सम्हाल्ने क्लबले जनाएको छ। उनको पहिलो खेल बुधबार राति बर्न्लीविरुद्ध अवे मैदानमा हुने छ। स्थायी प्रशिक्षकको नियुक्ति भने तत्काल गरिने सम्भावना नरहेको जनाइएको छ।

क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रुबेन अमोरिम म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षकको भूमिकाबाट अलग भएका छन्। उनलाई नोभेम्बर २०२४ मा नियुक्त गरिएको थियो र उनले मे महिनामा बिल्बाओमा भएको यूईएफए युरोपा लिगको फाइनलसम्म टोलीलाई पुर्‍याएका थिए।’

क्लबले यो निर्णयपछि क्लबले सम्भवत लिगको उच्च स्थानमा रहेर सिजन समाप्त गर्ने लक्ष्यका लागि निर्णायक हुने विश्वास लिएको जनाएको छ। क्लबले अमोरिमले दिएको योगदानका लागि धन्यवाद दिँदै उनको भविष्यका लागि शुभकामना व्यक्त गरेको छ।

पछिल्लो समय क्लब ब्यबस्थापन सँग उनको अविश्वास बढि रहेको थियो। त्यसैले पनि उनले केहि दिन अघि क्बलबाट विदा हुन सक्ने संकेत दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij