२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

रवि र बालेनबीच ६ घण्टा वार्ता, मिलेर जाने सहमति

रवि र बालेनबीच ६ घण्टा वार्ता, मिलेर जाने सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ बीच भेटवार्ता भएको छ। सोमबार कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा रास्वपा उपसभापति डिपी अर्याल र बालेनका सहयोगी कुमार व्यञ्जनकार पनि सहभागी भएका थिए। भेटवार्तामा चुनावी सहकार्य र एजेन्डा लगायतका विषयमा छलफल भएको छ।

उनीहरु सहकार्यका लागि सहमत भएको रास्वपा नेताहरुले दावी गरेका छन् । वैकल्पिक सबै शक्तिहरुबीच अधिकतम एकता कायम गरेर अगाडि बढ्न रवि र बालेनबीच भएको सहमतिले परम्परागत राजनीतिको विरुद्ध रहेकाहरुमा उत्साह छाएको छ । 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij