काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हासिल गरेको छ । आइसीसीको पूर्ण राष्ट्र वेस्टइण्डिजविरुद्ध नेपालले टी-ट्वान्टी श्रृङखला नै जितेको छ ।
टेस्ट राष्ट्रविरुद्ध पहिलोपटक टी-ट्वान्टी श्रृङखला खेलेको नेपालले लगातार दाेस्रो खेल जितेर युनिटी कपको उपाधि हासिल गरेको हाे ।
शाहजाहमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनायो । १ सय ७४ रनको लक्ष्य पछ्याएको वेस्टइण्डिज ८३ रनमै अलआउट भयो ।
नेपालका लागि ब्याटिङतर्फ आसिफ शेखले ६८ र सन्दीप जोराले ६३ रन बनाए । बलिङतर्फ माेहम्मद आदिल आलमले सर्वाधिक ४ र कुशल भुर्तेलले ३ विकेट लिए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij