२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक पेस

प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक पेस

काठमाडौं– विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० को प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विधेयकको प्रतिवेदन पेस गरेका हुन् । समितिले बिहीबार विधेयक पारित गरेको थियो ।

प्रतिवेदन पेस गर्ने क्रममा समिति सभापति थापाले विधेयकले ऐतिहासिक बाटो अवलम्बन गरेको दाबी गरे । उनले विधेयकप्रति आपत्ति जनाउने सरोकारवाला निकायलाई आन्दोलनको बाटोमा नलाग्न आह्वान पनि गरे ।

‘यो न पहिला थियो, न पछि आउने छ । यसले ऐतिहासिक बाटो अवलम्बन गरेको छ,’ सभापति थापाले भने, ‘त्यस कारण म यो संसदबाटै आन्दोलन गर्छौँ भन्नेहरूलाई त्यो बाटोमा नलाग्न आह्वान गर्न चाहन्छु ।’

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij