२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

१८.४४ अंकले घट्यो नेप्से, साढे २६ अर्बको कारोबार

१८.४४ अंकले घट्यो नेप्से, साढे २६ अर्बको कारोबार

काठमाडौं– साताको पहिलो दिन आइतबार भएको शेयर कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.४४ अंकले घटेको छ ।

नेप्सेमा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से घटेर २९६४.२० अंकमा आइपुगेको हो ।

आइतबार नेप्सेमा शेयर कारोबार हुँदा ६३ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भयो भने १८६ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । समग्रमा नेप्से परिसूचक घट्दा नेप्सेको पुँजीकरण पनि ०.६१ प्रतिशतले घटेको छ ।

आइतबार नेप्सेमा भएको शेयर कारोबारमा समता घरेलु लघुवित्तका शेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने नारायणी डेभलपमेन्ट बैंकको शेयर कारोबारीले सबैभन्दा धेरै गुमाएका छन् ।

आजको कारोबारमा डेभलपमेन्ट बैंक, म्यानुफ्याक्चरिङ, लघुवित्त, म्यूचुअ फन्ड र व्यापार समूह बाहेक अन्यको सूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij