टेक्सस । चर्चित सांगितिक ब्याण्ड पूर्ण राई र दाजुभाईहरुले अमेरिकाको टेक्ससस्थित अस्टिनमा सांगितिक प्रस्तुति दिने भएका छन् ।
नेपरिकन ईन्टरटेनमेन्टले आगामि अगष्ट २ तारिखमा अस्टिनको फोर्थ स्ट्रिटमा आयोजना गर्न लागेको सांगितिक कार्यक्रममा उनीहरुले सांगितिक प्रस्तुति दिनेछन् । सो कार्यक्रमबारे सिडर पार्कमा रहेको याक एन यति रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सो कार्यक्रमले अमेरिकामा रहेका युवा नेपालीहरुलाई नेपाली संगितमा झुम्ने अवसर प्रदान गर्नेछ । आयोजकका तर्फबाट खुश्वु उप्रेती र समय उप्रेतीले कार्यक्रमबारे प्रकाश पारेका थिए ।
द कन्ट्रियार्ड एटिएक्स भेन्युमा हुने सो सांगितिक कार्यक्रमको मिडिया पार्टनरमा समाजप्रेस डटकम रहेको छ । पत्रकार सम्मेलनमा समाजप्रेसकी ग्लोबल इडिटर झरना अधिकारी, राप्ती समाजका अध्यक्ष डिबी रावत, पत्रकार नारायण भण्डारी, कलाकार सुवास थापा, नरेन्द्र साउद, बिनिता खड्का, सीमा जोशी लगायतको उपस्थिति थियो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij