२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर दुई हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार दुई हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij