२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो

सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो

 

काठमाडौं– रसुवामा आएको बाढीले पुर्‍याएको क्षतिबारे छलफल गर्न केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बोलाइएको छ।

बैठक दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने छ।

गृहमन्त्रीको उपस्थितिमा मंगलबार धुलिखेलमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै थियो। त्यसका लागि बाढी प्रभावित रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र प्रहरी प्रमुख डीएसपी हेम शाही पनि काठमाडौं आएका थिए।

तर, बाढी आएपछि उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमा फर्काइएको छ।

गएराति आएको बाढीमा परेर १८ जना बेपत्ता छन्। तीमध्ये ६ जना चिनियाँ नागरिक हुन् भने ३ जना नेपाल प्रहरीका अधिकारीहरु हुन्। बाँकी त्यहाँ खटिएका श्रमिकहरु हुन्।

बाढीले नेपाल–चीन मितेरी पुल, भन्सारसहितका स्थानमा क्षति गरेको छ। सुख्खा बन्दरगाहका ७ वटा इभी गाडी समेत बगेको छ। रसुवागढी हाइड्रोपावरको ड्याम र क्याम्पमा पनि क्षति पुगेको छ।

अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij