२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

गाजाको शरणार्थी शिविरमा विस्फोट, ५० जनाको मृत्यु

गाजाको शरणार्थी शिविरमा विस्फोट, ५० जनाको मृत्यु

काठमाडौं : उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा भएको विस्फोटमा परी कैयौँ मानिसको मृत्यु भएको छ।

हमास शासित स्वास्थ्य मन्त्रालय र नजिकैको इन्डोनेसियाली अस्पतालले विस्फोटमा परी कम्तीमा ५० जनाको ज्यान गएको बीबीसीले जनाएको छ।

इजरायली हवाई हमलाका कारण विस्फोट भएको मन्त्रालयले जनाएको छ। यद्यपि यो विस्फोटबारे इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन। विस्फोटस्थलको भग्नावशेषबाट कम्तीमा ५० शव निकालिएको अधिकारीहरुले जनाएका छन्।

मानिसहरू भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन्। गाजा शहरको उत्तरी क्षेत्रमा अवस्थित जबलिया क्याम्प गाजाका आठ शरणार्थी शिविरमध्ये सबैभन्दा ठूलो हो।

संयुक्त राष्ट्रसंघका अनुसार जुलाई २०२३ सम्ममा १ लाख १६ हजार प्यालेस्टिनी शरणार्थीहरूले यहाँ दर्ता गराएका छन्।

सन् १९४८ को युद्धपछि यहाँ शरणार्थीहरू आएर बस्न थालेका थिए। यो सानो तर सघन जनसंख्या भएको क्षेत्र हो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij