२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

अफगानिस्तानमा मिनीबस दुर्घटना: तीन जनाको मृत्यु, सात घाइते

अफगानिस्तानमा मिनीबस दुर्घटना: तीन जनाको मृत्यु, सात घाइते

एएफपी । पूर्वी अफगानिस्तानको पंजशीर प्रान्तमा मिनीबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

बख्तरले प्रान्तीय सरकारका प्रवक्ता सैफुद्दीन लतूनले भने, “पंजशीर प्रान्तको परियान जिल्लास्थित बामवारदर क्षेत्रमा मिनीबस अनियन्त्रित भई सडकबाट बाहिर निस्किएर पल्टिँदा उक्त दुर्घटना भएको हो ।”

प्रवक्ता लतूनले दुर्घटनामा मृत्यु र घाइतेको पुष्टि गर्दै सबै घाइतेहरूलाई नजिकको स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको जानकारी दिएका छन् ।

अफगानिस्तानमा सडक दुर्घटना बारम्बार हुने घटना हो, जसको कारणहरूमा खराब सडक अवस्था, तीव्र गति, लापरवाहीपूर्ण ड्राइभिङ, जोखिमपूर्ण भूगोल, सवारी साधनको अधिक भार र असुरक्षित ओभरटेकिङ प्रमुख रूपमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij