२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

इजरायलमा थप ३ नेपालीको शव पहिचान

इजरायलमा थप ३ नेपालीको शव पहिचान

काठमाडौं । इजरालयमा हमास समूहको आक्रमणमा मृत्यु भएका थप ३ जना नेपालीको शव पहिचान भएको छ । इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले थप ३ नेपाली विद्यार्थीको शव पहिचान भएको जानकारी दिएको हो ।

दूतावासका अनुसार पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव पहिचान भएको हो । हमासको आक्रमणमा इजरायलमा १० नेपाली मारिएका थिए। तीमध्ये ५ जनाको शव यसअघि नै पहिचान भई नेपाल ल्याइसकिएको छ ।

बाँकी दुई जना शव पहिचानकै क्रममा रहेको दूतावासले जानकारी दिएको छ । आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
एक जना नेपाल पुगिसकेका छन् र एक जना इजरायलको नेपाली दूतावासको हेरचाहमा रहेका छन् । अक्टोबर ७ मा हमासको आक्रमणमा परेका विपीन जोशी हालसम्म सम्पर्कविहीन छन् ।

उनलाई हमासले बन्धक बनाएको अनुमान सरकारले गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij