काठमाडौँ । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेरामक्स’ प्रविधि खरिदमा भ्रष्टाचार गरेको अभियोग लागेका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले आइतबार नै बस्नेतको बयान लिँदै थुनछेक बहसपछि उक्त आदेश जारी गरेको हो।
अदालतका उपरजिस्ट्रार कृष्णशरण लामिछानेका अनुसार, बस्नेतलाई २५ लाख रुपैयाँ नगद वा सो बराबरको बैंक ग्यारेन्टी बुझाएर तारेखमा रिहा गर्न आदेश दिइएको छ।
अख्तियारले गत जेठ १ गते बस्नेतसहित १६ जनाविरुद्ध जनही तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij