२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

एनआरएनको समस्या चाडै समाधान हाेस् : राष्ट्रपति पाैडेल

एनआरएनको समस्या चाडै समाधान हाेस् : राष्ट्रपति पाैडेल

संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग शीतलनिवासमा आज भएको भेटमा उनले एनआरएनए विश्व डायस्पोरामै उत्कृष्ट संस्था भएकाले व्यक्तिगत वा कुनै साना समूहगत असन्तुष्टिका कारण संस्था नै अप्ठेरोमा पार्न नहुने बताए। राष्ट्रपति पौडेलले भने, ‘तपाईहरुको अहिलेको समस्याको निकास निकाल्न एनआरएनकै अग्रजहरुको भूमिका महत्वपूर्ण छ, सकेसम्म मिलेर अघि बढ्दा राम्रो हुन्छ।’

भेटमा अध्यक्ष डा केसीले संघको वर्तमान अवस्था र मागबारे जानकारी गराएका थिए। भेटमा उपाध्यक्षद्वय डा हेमराज शर्मा, रोजिना प्रधान राई, उपमहासचिव सोमनाथ सापकोटा, सचिव टीका गुरुङ, सहकोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, एनसीसी बेल्जियमका पूर्वअध्यक्ष खड्कबहादुर केसी, अमेरिकाका प्रतिनिधि आरसी पन्त, सल्लाहकार अतुल कोइराला, संस्थापक अन्तरराष्ट्रिय संयोजक भीम उदास तथा डा मीन रानाभाट (यूके), संघका सिइओ राजेन्द्रकुमार राउत, सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरेलगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij