२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

५४ लाखको बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने

५४ लाखको बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने

चितवन । सहकारी ठगी मुद्दाका प्रतिवादी रवि लामिछाने चितवन जिल्ला अदालतले मागेको धराैटी बुझाएर रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगी कसूरमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी बिहीबार साँझ रिहा भएका हुन् ।

साहारा चितवन सहकारीको ठगी मुद्दामा न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको थियो ।

यसअघि कास्की, काठमाडौं र रुपन्देही अदालतले पनि उनलाई धराैटीमा छाड्न आदेश दिएका थिए । चितवन अदालतले पनि रवि सहकारी ठगीको कसूरमा संलग्न नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेको आदेशमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij