काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई गठबन्धनको स्पिरिटअनुसार काम गर्न निर्देशन दिएका छन् । बिहीबार बिहान देउवाले सरकारमा सहभागी मन्त्रीहरूलाई छलफलका लागि आफ्नो निवास बूढानीलकण्ठ बोलाएका छन् । सोही छलफलमा देउवाले उक्त निर्देशन दिएका हुन् ।
देउवाले मन्त्रीहरूसँग सम्बन्धित मन्त्रालयको कामकारबाहीबारे ब्रिफिङ लिएका छन् । ब्रिफिङ लिने क्रम भने सकिएको छैन । अझै केही मन्त्री आफ्नो कामका सम्बन्धमा ब्रिफिङ गर्ने क्रममा छन् । छलफलको सुरुमै देउवाले मन्त्रीहरूलाई गठबन्धनको स्पिरिटअनुसार अघि बढ्न निर्देशन दिएका हुन् ।
मन्त्रीहरूले पनि सोचेअनुरूप काम गर्न नसकेको गुनासो गरेका थिए । जवाफमा कांग्रेस नेतृत्वले त्यसको समाधान गरेको बताएको छ । कांग्रेसको तर्फबाट सरकारमा १० मन्त्री र २ राज्यमन्त्रीसहित १२ मन्त्री सहभागी छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij