स्पेन । स्पेनमा बुधबार बिहान भएको तीव्र गतिको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । राजधानी मड्रिडबाट सेभिलतर्फ गइरहेको रेल ट्रयाकमा रोकिएको अर्को रेलसँग ठोक्किँदा दुर्घटना भएको हो ।
ठक्करका कारण रेलका धेरै डिब्बा लिकबाट तल पुगेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको कारण हुन सक्ने बताइएको छ ।
उद्धार गरिएका यात्रुहरूले ठक्करका क्रममा मानिसहरू हावामा उछिट्टिएको, भग्नावशेषमा फसेको र बाहिर निस्कन झ्याल फुटाउनुपरेको बताएका छन् ।
मड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा मोरा र ओर्गाज नगरपालिकाबीचको क्षेत्रमा स्थानीय समयअनुसार बिहान ९ बजेपछि दुर्घटना भएको थियो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij