काठमाडौं । प्रहरीले काठमाडौंबाट दुई जनालाई रक्तचन्दनसहित पक्राउ गरेको छ । उनीहरूलाई बुधबार बिहान बोरामा प्याक गरिएको रक्तचन्दनसहित पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ती दुई जनालाई काँडाघारीबाट पक्राउ गरेको हो । यद्यपि, प्रहरीले उनीहरूको परिचय भने खुलाएको छैन । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट बरामद भएको रक्तचन्दनको नापतौल हुने क्रममा रहेको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij