काठमाडौं । रुपन्देहीको सालझण्डीमा भएको नेपाल-भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को १८औं संस्करण सकिएको छ ।
रुपन्देहीको नेपाली सैनिक ब्याटल स्कुलमा १५ पुसदेखि सुरु भएको अभ्यासको सेनाका बलाध्यक्ष रथी प्रदीपजंग केसीले एक समारोहबीच समापन गरेका छन् ।
समापन समारोहमा बोल्दै केसीले संयुक्त अभ्यासमा सहभागी फौजलाई सफलतापूर्वक अभ्यास सम्पन्न गरेकोमा बधाई दिँदै अभ्यासका क्रममा दुवै देशका सैनिकहरुले प्रदर्शन गरेको व्यावसायिक दक्षता, उच्चस्तरको समर्पण र सामूहिक लगावको प्रशंसा गरे ।
समापन समारोहमा भारतीय सेनाको अभ्यास अब्जर्भर ग्रुपका तर्फबाट व्रिगेडियर जनरल गोविन्दन प्रविणले समेत मन्तव्य राखेका थिए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij