२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

सुकुटेबाट प्रचण्डले भने – ओली सरकारको आयु लामो छैन

सुकुटेबाट प्रचण्डले भने – ओली सरकारको आयु लामो छैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लामो नभएको बताएका छन् ।

मंगलबार सिन्धुपाल्चोकको सुकुटेमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सरकारले अलोकप्रिय काम गरिरहेकाले आयु लामो नभएको बताएका हुन् । ‘ओली नेतृत्वको सरकार अप्राकृतिक गठबन्धनबाट बनेको हो । सत्तारुढ दल कांग्रेसभित्र पनि असन्तुष्टि बढ्दै गएको छ,’उनले भने, ‘अलोकप्रिय काम गरिरहेकाले ढल्ने निश्चित नै छ । सरकारको आयु धेरै छ जस्तो मलाई लाग्य छैन ।’

अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारले आफ्नो आयु आफैँ छोट्याइरहेको पनि बताए । उनले सरकार गिराउने र सत्तामा जाने खेलमा आफू भने नलागेको बताए । ‘हामी सरकार ढाल्ने र बनाउने काममा लाग्दैना । माओवादी अहिले जनताको बीचमा संगठन सुदृढ गर्ने अभियानमा छ । त्यसलाई हामीले निरन्तरता दिन्छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij