२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

जस्मिन पेन्ट्सले ५ करोडको आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

जस्मिन पेन्ट्सले ५ करोडको आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य १ सय रुपैयाँ दरका ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

उक्त क्रममा जस्मिन पेन्ट्सका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

जस्मिन पेन्ट्स लिमिटेड मनकामना समुह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो । जसले विगत ३० वर्ष देखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरि आफ्नो कारोबार र बजार विस्तार गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij