काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्न कार्यदल चाँडै बनाइने बताएका छन् ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले संविधान संशोधन गर्न सरकारले आवश्यक गृहकार्य अघि बढाइसकेको बताएका हुन् ।
गृहमन्त्री लेखकले सबै दलसँग सहमति जुटाएर समयसापेक्ष रूपमा संविधान संशोधन गरिने बताए । संविधान संशोधन गर्न आवश्यक गृहकार्य गर्न कांग्रेस र एमालेले केही दिनमा बेग्लाबेग्लै कार्यदल बनाउन लागेको उनले बताए ।
‘पहिला हामी छलफल गरेर विषयको पहिचान गर्छौँ । त्यसपछि सबै राजनीतिक दलसँग चरणबद्ध रूपमा वार्ता र संवाद गर्छौँ,’ गृहमन्त्री लेखकले भने, ‘त्यसपछि विषयवस्तुमा सहमति गरेर संविधान संशोधन हुन्छ । यसका लागि केही समय लाग्छ ।’
समावेशितालाई कमजोर बनाउन होइन बरु थप सुदृढ गरेर संविधान संशोधन गर्न लागिएको उनको भनाइ थियो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij