२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाद्वारा पोखरामा प्रदर्शन

रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाद्वारा पोखरामा प्रदर्शन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेकोमा रास्वपाका नेताकार्यकर्ताहरूले पोखरामा विरोध प्रदर्शन गरेका छन् ।

शनिबार बिहानैदेखि पोखरामा भेला भई रास्वपाका नेता कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले बिना कारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाएका छन् ।

उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे, मानव तस्करहरुलाई कारबाही गर, दलाल माफियाहरू होसियार’ लगायतका प्लेकार्ड र नारा लगाई विरोध गरेका थिए ।

रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रवार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा ल्याएको थियो ।

सभापति लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुनेछ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij