२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

बझाङमा खुकुरी प्रहार गरी छिमेकीको हत्या

बझाङमा खुकुरी प्रहार गरी छिमेकीको हत्या

लेकगाउँ- बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या भएको छ। छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७ बजे हत्या गरी बिजुली फरार भएका छन्।

‘सामान्य विवाद हुँदा बिजुलीले जैलुको आँगनमै गएर खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर आएपछि घटनास्थलमा पुगी अनुसन्धान गरिरहेका छाैँ’, चौधरीले भने।

फरार आरोपीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij