दाङ । रोटरी क्लब अफ दाङले माता पवित्रा देवी संस्कृत गुरुकुल घोराही –७ शुक्रबारमा निर्माण गरेको शौचालय शनिबार एक कार्यक्रम गरी हस्तान्तरण गरेको छ ।
रोटरी क्लव अफ दाङका अध्यक्ष प्रदीप सुवेदीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
करिब तीन लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त शौचालय निर्माण गर्न रोटरी क्लब अफ Anchorage, हेल्पिङ ह्याण्ड नेपाल र विभिन्न महानुभावहरुले आर्थिक सहयोग गरेका रोटरी क्लब अफ दाङका प्रेसिडेन्ट इलेक्ट रोशन दाहालले जानकारी दिए ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij