२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

काठमाडौं । संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको आज अन्त्येष्टि गरिँदै छ । बिहान ११ बजे पशुपति आर्यघाटमा अत्येष्टि गरिन लागेको हो ।

सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्येष्टि गर्ने निर्णय गरेको छ भने आज सार्वजनिक बिदा पनि दिएको छ ।

यसअघि, हिजो बुधबार उनका दुवै छोरा नेपाल आएरपछि एमाले पार्टी कार्यालय च्यासलमा रहेको नेम्वाङको पार्थिव शरीर निजी निवास बालुवाटार लगिएको थियो ।

सोमबार राति हृदयतघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार दिउँसो पार्टी कार्यालय पुर्याइएको थियो । जहाँ प्रधानमन्त्रीदेखि दलका शीर्ष नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij