२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

काठमाडौँ–मुग्लिङ सडकखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौँ–मुग्लिङ सडकखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौँ । सोमबार साँझ ५ बजेदेखि अवरुद्ध काठमाडौँ–मुग्लिङ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षापछि लेदोसहितको पहिरो खस्दा अवरुद्ध सडक साढे ६ घण्टापछि अर्थात् राति साढे ११ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख तथा प्रहरी निरीक्षक हेमकुमार थपलियाले जानकारी दिए ।

उनले भने, ‘धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदोसहितको पहिरोले सडक पूर्ण रुपमा अवरुद्घ भएको थियो, अहिले पहिरो पन्छाएपछि एकतर्फीरुपमा यातायात सञ्चालनमा ल्याइएको छ, पूर्ण रुपमा सञ्चालनमा ल्याउन कति दुई घण्टा समय लाग्ने देखिएको छ ।’

सडक अवरुद्ध हुँदा काठमाडौँबाट छुटेका तथा काठमाडौँ आउँदै गरेका साना ठूला गरी सयौँ सवारी साधन र हजारौँ यात्रु अलपत्र अवस्थामा थिए ।

राजमार्गमा ठूलो मात्रामा लेदो थुप्रो लागेकाले खुलाउन समय लागेको प्रहरीले जनाइएको छ । सडक एकतर्फी रुपमा सञ्चालनमा आएपछि सवारी साधन र यात्रु गन्तव्यतिर लागेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij