२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

त्रिविमा सुरक्षाका लागि व्यवस्थित प्रवन्ध गर्न गृहमन्त्रीलाई शिक्षामन्त्रीको आग्रह

त्रिविमा सुरक्षाका लागि व्यवस्थित प्रवन्ध गर्न गृहमन्त्रीलाई शिक्षामन्त्रीको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा लागि व्यवस्थित प्रवन्धन गर्न माग गरेकी छन् ।

बुधबार बिहान सामाजिक संजालमार्फत शिक्षामन्त्री भट्टराईले प्राध्यापकहरुलाई धम्की आउने क्रम नरोकिएकाले सुरक्षाको प्रवन्ध गर्न गृहमन्त्रीसँग माग गरेकी हुन् ।

उनले भनेकी छन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरु माथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रवन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु । गुण्डागर्दी गर्ने छुट कसैलाइ छैन यस्तो क्रियाकलापमा संग्लग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न समेत म गृहमन्त्रालयलाई गम्भीरताका साथ अनुरोध गर्दछु ।’

शिक्षामन्त्रीले आवेगमा आएर सार्वजनिकरुपमा यस्तो अपील नगरेको बताएकी छन् । उनले भनेकी छन्, ‘यहाँहरुले मलाई आवश्यक सुझाव दिनु भएकोमा आभारी छु । मैले सार्वजनिक अपील गर्नुपर्ने भएर नै गरेको हो कुनै आवेगमा आएर लेखेको होइन । मैले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरा समेत जानकारी गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij