२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित

संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित

 

काठमाडौँ । संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । सङ्घीय संसद, संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित भएकी हुन् ।

बैठकमा समितिको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उक्त समितिको सभापतिका लागि एक मात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गरे ।

ज्येष्ठ सदस्य जबराले नेपाली कांग्रेसको सांसदसमेत रहेकी नवनिर्वाचित सभापति न्यौपानेलाई बधाई तथा शुभकामनासमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij